birat ribon

पाइलट र एयरहोस्टेससँग स्वास्थ्य रिपोर्टको पाँच गुणा महँगो शुल्क

Neuro
पाइलट र एयरहोस्टेससँग स्वास्थ्य रिपोर्टको पाँच गुणा महँगो शुल्क

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेका चिकित्सकले पाइलट र चालकदलका सदस्यहरूसँग पाँच गुणा महँगो शुल्क लिएर स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको खुलेको छ ।

प्राधिकरणले डा. राजीवकुमार देव र डा. सञ्जय कार्कीलाई उड्डयन स्वास्थ्य सुरपरिवेक्षक नियुक्त गरेको छ । प्रत्येक वर्ष पाइलटहरूको स्वास्थ्य परीक्षण रिपोर्ट हेर्ने र प्रमाणपत्र जारी गर्ने गरी प्राधिकरणले चिकित्सक नियुक्त गरेको थियो । सोही स्वास्थ्य प्रमाणपत्रका आधारमा पाइलटहरूको लाइसेन्स नवीकरण हुने व्यवस्था छ ।

cura insider

तर, डा. राजीवकुमारले ओम अस्पतालमा पाइलट र चालकदलका सदस्यहरूलाई बोलाउँदै तोकिएभन्दा पाँच गुणा महँगो शुल्क लिएको एक पाइलटले बताए । प्राधिकरणले भने प्राधिकरणमै आएर स्वास्थ्य रिपोर्ट हेर्ने र एकजनाको एक हजार मात्रै शुल्क लिने गरी नियुक्त गरेको थियो ।

त्यो शुल्क पनि प्राधिकरणले चालकदलका सदस्यहरूबाट लिएर चिकित्सकलाई प्रमाणपत्रका आधारमा रकम दिने सम्झौता छ । तर, डा. राजीवकुमारले ओम अस्पतालमा बोलाएर एकजनाको पाँच हजार रुपैयाँ शुल्क लिने गरेको पाइएको छ ।

कोभिड–१९ का कारण पछिल्लो समय प्रत्येक १५ दिनमा पाइलट तथा अन्य चालकदलका सदस्यले स्वास्थ्य परीक्षणको रिपोर्ट चिकित्सकलाई बुझाउने र चिकित्सकले प्रमाणपत्र दिएपछि मात्रै उडानमा जान पाउने व्यवस्था छ । ‘विगतमा वर्षमा एकपटक स्वास्थ्य प्रमाणपत्र लिए पुग्थ्यो, त्यसैले पाँच हजार रुपैयाँ तिर्दै आए पनि चासो दिएका थिएनौँ, तर अहिले पटक–पटक परीक्षण र प्रमाणपत्र लिनुपर्ने हुँदा मारमा पर्‍यौँ,’ एक पाइलटले भने ।

स्वास्थ्य प्रमाणपत्रका नाममा एकजनासँग मात्रै गत भदौयता १५ देखि २० हजार रुपैयाँ शुल्क लिएको स्रोतको भनाइ छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्ससहित आन्तरिक उडान गर्ने एयरलाइन्स तथा हेलिकोप्टर कम्पनीका पाइलटहरूसँग पनि बढी रकम असुल गरेको पाइएको छ ।

विगतमा पाइलटहरूलाई कति रकम लाग्ने भन्ने विषयमा समेत प्राधिकरणको सेफ्टी विभागले जानकारी नदिएको पाइएको छ । मूलतः हवाई सुरक्षा तथा उडान सुरपरीवेक्षणको जिम्मा प्राधिकरणअन्तर्गतको सुरक्षा विभागको हुन्छ ।

प्राधिकरणका चिकित्सकले वार्षिक स्वास्थ्य प्रमाणपत्र जारी गर्ने १५ सयभन्दा बढी पाइलट र चालकदलका सदस्य छन् । तर, अहिले कोभिड–१९ पजिटिभ र नेगेटिभ देखिँदा रिपोर्ट लिएर जानुपर्छ । हरेक पाइलटले प्रत्येक १५ दिनमा स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर उडानमा जानुपर्छ । तर, चिकित्सकले महँगो शुल्क लिँदा प्रत्येक १५ दिनमा पाँच हजार रुपैयाँ बुझाउनुपरिरहेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon