Rumpum Advertisement

शानदार जितसहित बायर्न शीर्ष स्थानमा

शानदार जितसहित बायर्न शीर्ष स्थानमा

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले मेन्जमाथि ५–२ गोलको जित दर्ता गरेको हो ।

बायर्नले आफ्नो मैदानमा पाहुना टोलीको दोब्बर अग्रता उल्टाउँदै जित निकालेको हो । खेलको ३२औं मिनेटमा जोनाथन बुर्काड र ४४औं मिनेटमा एलेक्जेन्डर ह्याकले गोल गरेपछि मेन्जले पहिलो हाफमा दोब्बर अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफको खेल भने बायर्नको पक्षमा रह्यो । खेलको ५०औं मिनेटमा जोसुआ किम्मिच र ५५औं मिनेटमा लेरोय सानेले गोल गर्दै बायर्नलाई बराबरीमा फर्काए ।

७०औं मिनेटमा निक्लास सुलेले गोल गर्दै बायर्नलाई अग्रता दिलाउँदा रोबर्ट लेवान्डोस्कीले ७६औं मिनेटमा पेनाल्टीमा र ८३औं मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ गोलान्तरको जित दिलाए ।

जितसँगै बायर्न शीर्ष स्थानमा उक्लियो । उसले १४ खेलमा ३३ अङ्क जोड्यो ।