Rumpum Advertisement

स्वारेजको गोलमा एथ्लेटिको शीर्ष स्थानमा फर्कियो

स्वारेजको गोलमा एथ्लेटिको शीर्ष स्थानमा फर्कियो

विराटनगर । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा अल्भेसमाथि २–१ गोलको जित निकाल्दै एथ्लेटिको शीर्ष स्थानमा फर्किएको हो ।

अल्भेसको मैदानमा एथ्लेटिकोले सुरुआती अग्रता बनाएको थियो । ४१औं मिनेटमा मार्कोस लोरेन्टले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए ।

Image

खेलको ६३औं मिनेटमा घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो । उसका भिक्टर लुकार्डियाले रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

८४औं मिनेटमा एथ्लेटिकोका फिलिपेले आत्मघाती गोल गरेपछि अल्भेस बराबरीमा फर्किएको थियो । तर, ९०औं मिनेटमा स्वारेजले गोल गरेपछि एथ्लेटिको २–१ गोलले विजयी भयो ।

यससँगै एथ्लेटिको ३८ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लियो । उसले १५ खेल खेलेको छ । १६ खेल खेलेको रियल मड्रिडसँग ३६ अङ्क छ । ऊ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्: