birat ribon

सिटीले चेल्सीलाई उसैको मैदानमा सहजै हरायो

Neuro
सिटीले चेल्सीलाई उसैको मैदानमा सहजै हरायो

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीमाथि म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

स्टाम्फोर्ड ब्रिजमा सिटीले सुरुआती अग्रता बनाएको थियो । १८औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । २१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

cura insider
Image

३४औं मिनेटमा केभिन डी ब्रुनले गोल गर्दै पहिलो हाफमा नै सिटीलाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा चेल्सीका कालुम हडसन–ओडोइले सान्त्वना गोल गरे ।

यससँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँग अङ्कदूरी घटाएको छ । सिटी १५ खेलमा २९ अङ्क जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । चेल्सी भने २६ अङ्कसहित आठौं स्थानमा झरेको छ ।

jackson ribon