Rumpum Advertisement

वर्षको पहिलो खेलमा बार्सिलोनाको जित

Neuro
वर्षको पहिलो खेलमा बार्सिलोनाको जित

विराटनगर । स्पेनिस क्लब बार्सिलोनाले सन् २०२१ को पहिलो खेलमा जित निकालेको छ । आइतबार राति स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले हुएस्कामाथि १–० गोलको जित निकालेको हो ।

हुएस्काको मैदानमा बार्सिलोनालाई जिताउन फ्रेन्की डी योङले निर्णायक गोल गरे । खेलको २७औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा गोल गर्दै डी योङले बार्सिलोनालाई विजयी तुल्याए ।

जितसँगै बार्सिलोनाले अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछन् । १६ खेल खेलेको बार्सिलोना २८ अङ्क जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । हुएस्का भने १२ अङ्कसहित पुछारमा छ ।