Rumpum Advertisement

रोनाल्डो चम्किँदा युभेन्टसको शानदार जित

Neuro
रोनाल्डो चम्किँदा युभेन्टसको शानदार जित

विराटनगर । इटालियन क्लब युभेन्टस सन् २०२१ को पहिलो खेलमा शानदार जित निकालेको छ । आइतबार राति सिरी ‘ए’अन्तर्गत साविक विजेता युभेन्टसले उडिनेसमाथि ४–१ गोलको जित निकालेको हो ।

युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने फेडेरिको चिसा र पाउलो डेबालाले एक–एक गोल गरे । उडिनेसका मार्भिन जीजालारले एक गोल गरे ।

Image

खेलको ३१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए । ४९औं मिनेटमा चिसाले गोल गरेपछि युभेन्टसले आफ्नो अग्रता दोब्बर बनायो ।

७०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता फराकिलो बनाएका थिए ।

Image

९०औं मिनेटमा जीजालारले गोल गरे । खेलको इन्ज्युरी समयमा डेबालाले गोल गरपछि युभेन्टस ४–१ गोलले वियजी भयो ।

जितसँगै युभेन्टसले अङ्क तालिकामा सुधार गरेको छ । ऊ २७ अङ्कसहित पाँचौं स्थानमा उक्लिएको छ । उडिनेस भने १५ अङ्कका साथ १३औं स्थानमा छ ।