Rumpum Advertisement

सङ्क्रमित सङ्ख्या साढे आठ करोड नाघ्यो, साढे १८ लाखभन्दा बढीको मृत्यु

Neuro
सङ्क्रमित सङ्ख्या साढे आठ करोड नाघ्यो, साढे १८ लाखभन्दा बढीको मृत्यु

विराटनगर । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे आठ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख ७४ हजार आठ सय ७४ जना नयाँ बिरामी थपिए ।

नयाँ बिरामी थपिएसँगै विश्वमा सङ्क्रमितको सङ्ख्या आठ करोड ५४ लाख ५९ हजार चार सय २० पुगेको हो । कोरोनाका कारण हालसम्म साढे १८ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । एकै दिन सात हजार ३५ जनाको ज्यान गएसँगै मृत्यु हुनेको सङ्ख्या १८ लाख ५० हजार एक सय ४७ पुगेको छ ।

सङ्क्रमितमध्ये छ करोड तीन लाख ९० हजार ३५ जना उपचारपछि घर फर्किएका छन् । दुई करोड ३२ लाख १९ हजार दुई सय ३८ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख पाँच हजार नौ सय २२ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड १० लाख ८३ हजार नौ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख ६४ हजार सात सय ५० जना नयाँ सङ्क्रमित थपिए । कोरोनाका कारण अमेरिकामा तीन लाख ६० हजार ५३ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन एक हजार तीन सय ६२ जनाले ज्यान गुमाए । सङ्क्रमितमध्ये एक करोड २४ लाख २९ हजार आठ सय ४७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनमुक्त हुँदै डिस्चार्ज भइसकेका छन् । ८२ लाख ९४ हजार ४१ जनाको उपचार जारी रहेकोमा २९ हजार दुई सय ६५ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा १६ हजार छ सय ६० नयाँ बिरामी थपिएपछि छिमेकी मुलुक भारतमा सङ्क्रमित सङ्ख्या एक करोड तीन लाख ४१ हजार दुई सय ९१ पुगेको छ । एकै दिन दुई सय १५ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ४९ हजार छ सय ८६ पुगेको छ ।

सङ्क्रमितमध्ये ९९ लाख ४६ हजार एक सय ३१ जना उपचारपछि निको भएका छन् । दुई लाख ४५ हजार चार सय ७४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

एकै दिन १७ हजार दुई सय १४ जना नयाँ बिरामी थपिएपछि ब्राजिलमा सङ्क्रमित सङ्ख्या ७७ लाख ३३ हजार छ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ७६ जनाको ज्यान गएसँगै मृत्यु हुनेको सङ्ख्या एक लाख ९६ हजार १८ पुगेको छ ।

सङ्क्रमितमध्ये ६७ लाख ६९ हजार चार सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् । सात लाख ६८ हजार एक सय ८१ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ । ब्राजिलका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै तेस्रो नम्बरमा रहेको मुलुक हो ।