Rumpum Advertisement

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले अदालतमा लिखित जवाफ पेश गरे

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले अदालतमा लिखित जवाफ पेश गरे

काठमाडौं । राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ आइतबार दर्ता भएको हो ।

अदालतका प्रवक्ता भद्रकाली पोखरेलले प्रतिनिधिसभा विघटन गर्नुका कारणबारे लिखित जवाफ विपक्षीहरूबाट आएर अदालतमा दर्ता भएको बताउँदै तर त्यसमा के के लेखिएको छ भन्नेबारे अध्ययन गर्न बाँकी रहेबो बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले यही पुस १० गते महान्यायाधिवक्ताको कार्यालयमार्फत आज पुस १९ भित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको थियो । सोही आदेशअनुसार आज लिखित जवाफ अदालतमा पेश भएको हो ।