विराटनगर । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक धेरै फलोवर्स पाउने व्यक्ति बनेका छन् ।
पोर्चुगिज कप्तान रोनाल्डोलाई इन्टाग्राममा दुई सय ५० मिलियन प्रयोगकर्ताले फलो गरेका छन् ।
दुई सय ५० मिलियन फलोवर्स भएका रोनाल्डो पहिलो व्यक्ति हुन् । अमेरिकन बिजनेश म्यागाजिन फोर्ब्सका अनुसार रोनाल्डोले इन्स्टाग्राममा प्रतिपोस्ट १ मिलियन अमेरिकन डलर कमाउँछन् ।
खबरका अनुसार उनको कमाइ युभेन्टसले उनलाई दिने तलबभन्दा धेरै छ । रोनाल्डो इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने व्यक्ति हुन् ।
त्यसबाहेक अमेरिकन मोडल केली जेनर, बार्सिलोनाका कप्तान लियोनल मेस्सी, ब्राजिलयन खेलाडी नेयमार, गायिका सेलेना गोमेज पनि इन्स्टाग्राममा धेरै कमाइ गर्ने नामहरू हुन् ।