birat ribon

पार्टीभित्रको साङ्गठनिक कार्य विभाजन गर्न नेपालको संयोजकत्वमा कार्यदल गठन

Neuro
पार्टीभित्रको साङ्गठनिक कार्य विभाजन गर्न नेपालको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टीभित्रको साङ्गठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरू, केन्द्रीय सङ्गठनहरू, मोर्चा सङ्गठनका पदाधिकारीहरू र साङ्गठनिक एकीकरणका बाँकी कामहरू सम्पन्न गर्ने अधिकार पाएको छ ।

cura insider

पत्रकारहरूलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले साङ्गठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताए ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा सरकारले प्रतिनिधिसभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताए । बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमको विरुद्धमा भएका सबै पार्टीहरूसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

स्थायी कमिटीको अर्को बैठक भोलि (सोमबार) दिउसो १२ बजे बस्ने भएको छ ।

jackson ribon