Rumpum Advertisement

क्रोटोनको पोस्टमा इन्टरको आधा दर्जन गोल, मार्टिनेजको ह्याट्रिक

Neuro
क्रोटोनको पोस्टमा इन्टरको आधा दर्जन गोल, मार्टिनेजको ह्याट्रिक

विराटनगर । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले क्रोटोनमाथि ६–२ गोलान्तरको जित दर्ता गरेको हो ।

इन्टरको मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा लाउटारो मार्टिनेजले ह्याट्रिक गरे भने रोमेलु लुकाकु र अच्राफ हाकिमीले एक–एक गोल गरे । एउटा आत्मघाती गोल भने इन्टरले उपहारमा पाएको थियो । क्रोटोनका लुका मारोनले आत्मघाती गोल गरेका थिए ।

क्रोटोनका निकोलो जानेलाटो र भ्लादिमिर गोलेमिकले एक–एक गोल गरे ।

जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ । उसले १५ खेलमा ३६ अङ्क जोडेको छ । ऊभन्दा एक खेल कम खेलेको एसी मिलान ३४ अङ्कसहित दोस्रो स्थानमा छ । उसले आजै हुने अर्को खेलमा बेनेभेन्टोसँग खेल्दैछ ।