Rumpum Advertisement

उद्योग वाणिज्य महासङ्घ प्रदेशकाे निर्वाचन : घिमिरे र ढकालको प्यानल भिड्दै

उद्योग वाणिज्य महासङ्घ प्रदेशकाे निर्वाचन : घिमिरे र ढकालको प्यानल भिड्दै

विराटनगर / नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को नेतृत्वका लागि भीम घिमिरे र टीका ढकालको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । महासङ्घको तेस्रो साधरणसभा तथा नयाँ नेतृत्व चयनको लागि सोमबार निर्वाचन हुँदैछ ।

विर्तामोड उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा हुने साधारणासभा तथा निर्वाचनमा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र झापा उद्योग वाणिज्य महासङ्घको अध्यक्ष टीका ढकालको समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेकाे हाे ।

११ पुसमा निर्वाचन हुने मिति तोकिएको थियो । उच्च अदालत विराटनगरको अन्तरिम आदेशपछि साधारणसभा रोकिएको थियो । साधारणसभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिट खारेज गरेपछि सोमबार निर्वाचन तोकिएको हो ।

घिमिरको समूहबाट उपाध्यक्षमा नविन रिजाललले उम्मेदवारी दिने तयारी भएको छ । ढकालको समूहबाट उपाध्यक्षमा झापाका कुमारमणि पोखरेल र कोषाध्यक्षमा विराटनगरका उद्योगी रमेश राठीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घमा प्रदेश १ मा २ सय २९ सदस्यहरु छन् । जसमा एशोसिएट सदस्य १८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य संघका ३६ गरेर जम्मा २२९ सदस्यसँग मताधिकार छ ।

निर्वाचनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, जिल्ला नगरका तर्फबाट ५ जना सदस्य, वस्तुगतबाट दुई जना सदस्य र एशोसिएटबाट दुई जना सदस्य गरी १३ जना निर्वाचित हुने विधानको व्यवस्था छ ।