birat ribon

भूमीहिनको समस्या समाधान गर्न मन्त्रीको आग्रह

Neuro
भूमीहिनको समस्या समाधान गर्न मन्त्रीको आग्रह

विराटनगर / स्थानीय तहहरुलाई भूमीहिनको समस्या समाधान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आग्रह गरेकी छन् । भूमि सम्बन्धी समस्या समाधानलाई पहिलो प्राथमिकता राखेर काम गर्न आग्रह गरेकी हुन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्ला समन्वय समिति मोरङले आईतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा.तुम्बाहाङ्फेले स्थानीय तहहरुलाई ऐन, नियमावली, कार्यविधि र कानून अनुसार समस्या सामधान गर्न आग्रह गरेकी हुन् । स्थानीय तहले नियमावलीले भने भन्दा १ इन्च पनि तलमाथि गर्न नमिल्ने बताउँदै उनले भनिन,‘ चिनेको प¥यो थोरै थपिदिउँन भनेर नसोचे हुन्छ ।’

cura insider

अन्र्तक्रियामा आयोगका सदस्य गोपाल गुरागाईले साझा समस्याको रुपमा रहेको भूमिहिनलाई जग्गा वितरण कार्यमा सवै राजनीतिक दलको सहयोगमा समाधान हुने विश्वास व्यक्त गरे ।

आयोगले भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका आधार र मापदण्ड २०७७ लाई स्थानीय तहको कार्यपालिकाले प्रमाणीकरण गर्नुपर्ने उनले बताए ।

आयोगले भूमिहिन दलित र सकुम्वासी परिवारलाई आबासका लागि एक पटक नगरको शहरी क्षेत्रमा १३० वर्गमिटर र गाउँपालिकामा ३४० वर्ग मिटर तथा कृषि प्रयोगका लागि तराई र भित्री मधेशका ग्रामीण क्षेत्रमा दुई हजार वर्गमिटर, हिमाल तथा पहाडमा तीन हजार वर्गमिटर जग्गा उपलव्ध गराउने गुरागाईले बताए ।

आयोगले मोरङको मिक्लाजुङ्ग, रंगेली, कटहरी, उर्लावारी पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ र वेलवारी गरी ८ स्थानीयतहसंग सम्झौता गरेर लालपुर्जा वितरणको तयारी गरिएको छ । ८ वटा स्थानीय तहमा ४५ हजार भूमिहिन दलित, सुकुम्वसी र अव्यवस्थिति वसोवास रहेको अनुमान गरिएको छ ।

jackson ribon