birat ribon

जेसिजको ४८औं पदस्थापन, २०२१ का लागि सञ्चालक समितिको चयन

Neuro
जेसिजको ४८औं पदस्थापन, २०२१ का लागि सञ्चालक समितिको चयन

विराटनगर । विराटनगर जेसिजको ४८औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिनेटर फूलकुमार लालवानी, जेसी अरुण दाहाल विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा जेसिज वर्ष २०२१ का लागि सञ्चालक समिति तथा सल्लाहकारहरूको चयन गरिएको छ । उक्त कर्यक्रमबाट अध्यक्षमा जेसि प्रदीप दाहाल, निवर्तमान अध्यक्षमा उज्वल खरेल, वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा देवचन्द्र घिमिरे, कानुनी सल्लाहकारमा तुलसी निरौला, तालिम निर्देशकमा अभिनाष थापा चयन भएका छन् ।

cura insider

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सन्तोष आचार्य र पङ्कज सापकोटा, महासचिवमा कविराज दाहाल, कोषाध्यक्ष पूजा शर्मा, उपाध्यक्षमा सुभाष भण्डारी, गोमा भण्डारी, शिवशङ्कर मण्डल र प्रवेश दुलाल चयन भएका छन् ।

यसैगरी जनसम्पर्क अधिकारीमा सुरेन शाक्य, प्रकरण निर्देशकमा जीवन निरौला, शाखा सम्पादकमा सिदार्थ शाह, नयाँ सदस्य वृद्धि संयोजकमा रमेश अधिकारी, जुनियर जेसिज संयोजकमा मिलाप कर्ण, आर्थिक वृद्धि संयोजकमा विकास रौनियार, प्रमुख सल्लाहकारमा सिनेटर फूलकुमार लालवानी, जेसिज सम्मान तथा अवार्ड सिफारिस संयोजकमा टिपी आचार्य चयन भएका छन् ।

यस्तै अवार्ड वितरण संयोजक राजेन्द्र थपलिया, पूर्वअध्यक्ष क्लब अध्यक्षमा राजेन्द्र घिमिरे र बोर्ड अफ ट्रस्टी अध्यक्षमा टीकाराज ढकाल चयन भएका छन् ।

विराटनगर जेसिजले मातृत्व प्रदान गरेका शाखाबाट नेपाल जेसिजमा राष्ट्रिय उपाध्यक्ष जित्न सफल धरान जेसिज २०२० का अध्यक्ष दीपेन्द्र निरौला, दुहबी जेसिज २०२० की अध्यक्ष विमला सुवेदी, जनकपुर जेसिज २०२० का अध्यक्ष गौतम शाह र तरहरा जेसिज वर्ष २०२० का अध्यक्ष सुनिल तिमल्सिनालाई सम्मान गरेको छ ।

यस्तै उत्कृष्ट सञ्चालक समिती सदस्य अवार्ड जनसम्पर्क अधिकारी प्रवेश दुलाल, उत्कृष्ट सामाजिक परिचालन संयोजक अवार्ड विकास रौनियार, उत्कृष्ट सदस्य अवार्ड कविराज दाहाल, उत्कृष्ट पर्यवेक्षक अवार्ड दीपा ओडारीलाई प्रदान गरिएको छ ।

यस्तै विभिन्न महिना मा उत्कृष्ट हुने देवचन्द्र घिमिरे, तुलसी निरौला, विकास रौनियार, अभिनाष थापा, पङ्कज सप्कोटा, गोमा भण्डारी, पूजा शर्मा, सनराइज चौधरी, विज्ञान बस्नेत, रमेश अधिकारी, कविराज दाहाल र प्रितेसराज दाहाललाई पनि अवार्ड प्रदान गरिएको छ ।

jackson ribon