birat ribon

प्रदेश १ मा आज एक सय ३३ सङ्क्रमित निको भए, थप २६ जनामा कोरोना

Neuro
प्रदेश १ मा आज एक सय ३३ सङ्क्रमित निको भए, थप २६ जनामा कोरोना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ३३ जना कोरोना भाइरस सङ्क्रमित निको भएका छन् । आइतबार होम आइसोलेशनबाट एक सय ३०, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट एक–एक जना कोरोनामुक्त भएका हुन् ।

यससँगै हालसम्म कोरोना जित्नेको सङ्ख्या २८ हजार छ सय ५८ पुगेको छ ।

cura insider

प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १३, सुनसरीमा सात, धनकुटामा दुई, पाँचथर र भोजपुरमा एक–एक र प्रदेश १ बाहिरका दुईजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २–२, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १, धनकुटामा २, पाँचथरको फिदिम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८६९ पुगेको छ ।

प्रदेश १ मा आज तीन ५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार ५९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon