birat ribon

आइतबार चार सय २१ कोरोना सङ्क्रमित थपिए

Neuro
आइतबार चार सय २१ कोरोना सङ्क्रमित थपिए

विराटनगर । आइतबार देशभर थप चार सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप चार सय २१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार आठ सय ५९ पुगेको छ । हाल पाँच हजार चार सय ८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

cura insider

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ सय ३७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ५४ हजार चार सय ४९ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार आठ सय ७८ जनाको मृत्यु भएको छ ।

jackson ribon