Rumpum Advertisement

एथ्लेटिकोलाई शीर्ष स्थानमा फर्किने अवसर

एथ्लेटिकोलाई शीर्ष स्थानमा फर्किने अवसर

विराटनगर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले आफ्नो पाँचौं खेल खेल्दैछ । नेपाली समयअनुसार राति ९ बजे हुने खेलमा एथ्लेटिकोले अल्भेससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अल्भेसको मैदानमा हुने यस खेलमा एथ्लेटिको शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ मैदान उत्रिँदैछ । हाल ऊ ३५ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले १४ खेल खेलेको छ ।

३६ अङ्क भएको रियल मड्रिड शीर्ष स्थानमा छ । रियलले एथ्लेटिकोभन्दा दुई खेल बढी खेलेको छ ।