Rumpum Advertisement

यी हुन सक्छन् बिहान सबेरै टाउको दुखाइका मुख्य कारण

Neuro
यी हुन सक्छन् बिहान सबेरै टाउको दुखाइका मुख्य कारण

विराटनगर/बिहान सबेरै टाउको दुखाइले दिनको सम्पूर्ण तालिका बिगार्न सक्छ ।

अत्यधिक दुखाइले चिढचिढ महसुस गराउनुका साथै आफ्नो लक्ष्यबाट विचलित गर्न सक्छ । जीवनकालमा प्रत्येक व्यक्तिलाई बिहान टाउको दुखाइको अनुभव गरेका हुन्छन् । यो एकदम सामान्य समस्या हो । तर, बिहानको समयमा टाउको दुख्नुका विभिन्न कारण हुन सक्छन् ।

बिहानको टाउको दुखाइको सबैभन्दा सामान्य कारण अनिद्रा वा निद्राको कमी हो । रातमा ७ देखि ८ घण्टा सुतेपछि पनि स्फूर्ति तथा आराम महसुस नभएमा गुणस्तरीय निद्रा नपाएको बुझ्न सकिन्छ । बारम्बार टाउको दुखाइ माइग्रेनको कारणले हुन सक्छ । अध्ययनका अनुसार अधिकांश मानिस बिहान वा बेलुका माइग्रेनबाट ग्रस्त हुन्छन् ।

सामान्यतया, यो एकै समयमा हुने गर्छ । बिहान सबेरै टाउको दुखाइ वास्तवमा एक माइग्रेन हुन सक्ने उच्च सम्भावना छन् । बिहानको टाउको दुखाइ घाँटीमा तनावयुक्त मांसपेशीको कारण पनि हुन सक्छ । जुन प्रयोग गरिरहेको सिरानी वा निद्राको स्थितिका कारणले हुन सक्छ । त्यसका लागि सही प्रकारको सिरानी प्रयोग गर्नु तथा निद्राको स्थितिलाई जाँच आवश्यक हुन्छ ।

रातमा दाँत दबाउनाले पनि बिहानको टाउको दुखाइ निम्तिन सक्छ । दाँतलाई लामो समयसम्म दबाउनाले टेम्पोरोमेन्डिबुलर जोर्नी (टीएमजे) मा दबाब सिर्जना हुन सक्छ, जसले कानको अगाडि खोपडीमा तल्लो बङ्गारालाई जोड्छ । यसले तनाव निम्त्याउने हुँदा टाउको दुखाइ हुन सक्छ । बिहानको समयमा टाउकोको साथै बङ्गारा पनि दुख्न सक्छ ।

धेरै अवस्थामा बिहानको टाउको दुखाइ शरीरमा पहिलादेखि भएको स्वास्थ्य समस्याको कारण हुन सक्छ । यो मस्तिष्क ट्यूमरमा बढी दबावको कारण हुन सक्छ । ट्यूमर सुन्निरहेको खण्डमा यसले दिमागमा चाप बढाई धेरै पटक टाउको दुखाइको अनुभव गराउन सक्छ । लामो समयसम्म नियमित बिहानको समयमा टाउको दुखाइ महसुस हुन्छ भने डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ ।