Rumpum Advertisement

अङ्क तालिकामा सुधार गर्ने युभेन्टसको लक्ष्य

Neuro
अङ्क तालिकामा सुधार गर्ने युभेन्टसको लक्ष्य

विराटनगर । इटालियन क्लब युभेन्टस आज वर्षको पहिलो खेल खेल्दैछ । आज राति सिरी ‘ए’अन्तर्गत साविक विजेता युभेन्टसले उडिनेससँग खेल्न लागेकाे हो ।

युभेन्टसको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १ः३० बजेबाट हुनेछ । यस खेलमा युभेन्टस अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

हाल ऊ २४ अङ्कसहित छैटौं स्थानमा छ । उडिनेस भने १५ अङ्कका साथ १२औं स्थानमा छ ।

आजै हुने अर्को खेलमा इन्टर मिलान र क्रोटोनले खेल्दैछन् । साँझ ५ः१५ बजे हुने यो खेल इन्टरको मैदानमा हुनेछ । इन्टर ३३ अङ्कका साथ दोस्रो स्थानमा छ भने क्रोटोन १९औं स्थानमा छ ।

यस्तै राति १०ः४५ बजे शीर्ष स्थानको एसी मिलानले बेनेभेन्टोसँग खेल्नेछ भने साँझ ७ः४५ बजे पाँचौं स्थानको नापोलीले क्याग्लीआरीसँग खेल्दैछ ।