Rumpum Advertisement

आउँदो चुनाव र विवेकशील साझा !

यो जगजाहेर छ कि अझै चुनावमा मासुभात, रक्सी, पैसा र धाकधम्कीको खेलो हुने गरेको छ

Neuro
आउँदो चुनाव र विवेकशील साझा !यो जगजाहेर छ कि अझै चुनावमा मासुभात, रक्सी, पैसा र धाकधम्कीको खेलो हुने गरेको छ
पेशल आचार्य

भारतमा छोटो समयमा राष्ट्रिय राजनीतिमा ह्वात्तै आएको आम आदमी पार्टीकै शैलीमा मेची महाकाली, सातै प्रदेश र ७७ जिल्लामा सङ्गठन बनाएर आक्रमक पारामा जाने हो भने अबको चुनावमा विवेकशील साझाले राम्रै सिट जित्न सक्ने छ । नयाँ र वैकल्पिक शक्तिको राजनीतिक उदय नेपाली राजनीतिमा अवसम्भावी रहेको छ । पुराना र परम्परावादी सोचका नेता, तिनका हनुमान कार्यकर्ता र जनताका कार्यहरूमा अनेक तिकडम र प्रक्रियामुखी रहेका तिनको काम गराइलाई अबका नयाँ पुस्ताका प्रविधिउन्मुख युवा नेताहरूले जबर्जस्त रुपमा चुनौती दिनु आवश्यक छ ।

विदेशमा रहेका तीसौँ लाख युवायुवतीहरू कोरोना महामारी र अन्य विविध कारणले देशमा फिर्ता भए भने तिनले नयाँ र जुझारू पार्टीहरूको खोजी गर्ने छन् । यो खोजीको पहिलो लहरमा पक्कै पनि विवेकशील साझा नै पर्ने निश्चित छ ।

हुन त सङ्घीय समाजवादीले पनि आफूलाई नेकपा र काङ्ग्रेसका तुलनामा अग्रगामी सोचकै हिमायती ठान्छ तर देशव्यापी रुपमा रहेका उसका पु्राना अनुहारहरूले नै ऊ जति विचारमा नयाँ कुरा गर्छ व्यवहारमा त्यो वत्र्याउन सक्दैन भन्ने बेलाबेलामा डा. बाबुराम भट्टराईले बोलेका विवादास्पद कुराहरूले पनि देखाएका छन् । यो माहोलमा अबको पालो भनेको नेपाली राजनीतिको जमिनी यथार्थलाई नियाल्ने हो भने विवेकशील साझाकै भविष्य सुदूरसम्म उज्यालो देखिन्छ । यसका तीन कारण छन् ।

देशव्यापी रुपमा बलिया सङ्गठन मात्र छैनन् कि विभिन्न हाँचका नेता र कार्यकर्तासमेत रहेका छन् । यिनीहरूको देशीविदेशी शक्तिसँग देखिने नदेखिने प्रकारका प्रिय/अप्रिय दुवै प्रकारका सम्बन्धहरूसमेत रहेका छन् ।

कारण नं. १. विवेकशील साझाका नेता र कार्यकर्ताहरू अहिलेसम्म नेपालमा राजकीय पद पाएका, टेस्टेड नेता÷कार्यकर्ता होइनन् । त्यसैले जनतालाई प्रभाव पार्न सक्ने कार्यक्रमहरू ल्याउन सक्यो भने विवेकशील साझा धेरै मतदाताहरूलाई लोभ्याउन सफल हुनेछ । नेपालमा एकफेर टेस्टेड भइसकेका नेता र कार्यकर्ताहरूमा जनताको विश्वासको पारो क्रमिक रूपले झर्ने क्रम जारी छ । अतः जनता प्रयोग नभएका र अवसर नपाएका अनुहारलाई एकपटक प्रयोग गरी हेर्ने मनसुवामा रहेका छन् । जुन मनासिव पनि छ ।

कारण नं. २. अहिलेको सङ्घीय लोकतान्त्रिक बहुदलीय व्यवस्थालाई जिरो किलोमिटर मानेर एउटा वृत्तमा राखी हेर्ने हो भने त्यो वृत्तको केन्द्रविन्दुबाट दाहिनेतिर याने सेन्टर राइटमा नेपाली काङ्ग्रेस रहेको देखिन्छ । त्यसैगरी सेन्टर लेफ्टतिर अहिले बाझिरहेका नेकपा र बँचेखुँचेका ससाना कम्युनिस्ट पार्टीहरू रहेका छन् । तिनीहरू दुवै नेपालमा परम्परावादी शैलीको राजनीति गरेर आइरहेका छन् । ती पार्टीहरूका आआफ्ना दर्शन, कार्यक्रम र व्यवहारहरू छन् । देशव्यापी रुपमा बलिया सङ्गठन मात्र छैनन् कि विभिन्न हाँचका नेता र कार्यकर्तासमेत रहेका छन् । यिनीहरूको देशीविदेशी शक्तिसँग देखिने नदेखिने प्रकारका प्रिय÷अप्रिय दुवै प्रकारका सम्बन्धहरूसमेत रहेका छन् ।

सम्वत् २००७ सालदेखि २०६२÷०६३ सालको आन्दोलनसम्म पनि आइपुग्दा तिनै परम्परावादी पार्टीहरूकै अगुवाइमा परिवर्तन सम्भव भएको हो । यी दुवैमध्ये नेकपाले समाजवाद र काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अँगालेको भन्छन् । भलै त्यो व्यवहारमा भने २ प्रतिशत पनि बर्तिएको पाइँदैन ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी आफूलाई अर्को ठूलो शक्तिका रुपमा लिन्छ सो सेन्टर ब्याक याने राजतन्त्र, हिन्दु अधिराज्य र यही प्रकारको बहुदलको हिमायती देखिएकाले उसको बाटो भनेको अझ पुरानो नै हो । यी तीन थरीमा सेन्टर फ्रन्ट याने अग्रगामी दिशा र भविष्यलाई लैजाने हेतुले आएका यी विवेकशील साझा पार्टीहरूसँगै हिँड्ने हिम्मत नेपाली समाजमा अहिले देखिएका सबै प्रकारका सनातनी राजनीतिक शक्तिहरूमा देखिँदैन । भन्न त जसपाले पनि आफूलाई सेन्टर फ्रन्ट नै दावी गर्दछ । तर त्यसका नेता÷कार्यकर्ता र विचार धाराहरू हेर्दा त्यो भ्रम मात्रै देखिन्छ ।

यो अवस्थालाई बुझेका विवेकशील साझाका युवा, प्रविधिमैत्री व्यवस्थापक स्टायलका नेता र सिस्टम डेलिभरीमा सुशासन, जवाफदेहिता र मेनेजरियल शैलीका नेता हुने लक्षण यिनीहरूमा देखिन्छ । अध्ययनको तीव्र सौख, विधि र प्रविधिको प्रचुुर अध्ययन र युवामैत्री नाराहरूका कारण यिनीहरूले अब संगठनमा ध्यान दिने समय आइसकेको छ ।

कारण नं. ३. अर्को कारण विदेशमा रहेका तीसौं लाख नेपाली युवायुवतीहरू कोरोना कहरका कारण र अन्य कारणबाट देशमा फिरेका अवस्थामा नेपाली राजनीतिमा कायापलट गर्न सक्ने शक्ति भनेकै विवेकशील साझा पार्टी हो । यो पार्टीले किसान, मजदुर, कर्मचारी, ससाना व्यापारी, विद्यार्थी, गृहस्थ र नयाँ पुस्ताका युवायुवतीहरू जो आफ्नो भाग्य खोज्नका लागि विदेश जाने गर्दछन् तिनीहरूलाई उसको वैचारिक धरातलमा ल्याएर चुनवामा उसले दिने कार्यक्रम, घोषणापत्रमा लेखिएका कुरा र शासन सञ्चालनमा देखउने व्यवस्थापकीय पद्दतिले उसलाई नेपाली राजनीतिमा स्थापित गर्न कुनै कसर बाँकी राख्दैन ।

तर यो सजिलो काम भने छैन । नेपालीहरू हत्तपत्त आफूले मत दिइआएका पुराना पार्टीहरूलाई एक्कासी मत नदिने मनस्थिति बनाउन सक्दैनन् । यो उनीहरूको कमजोरी हो । फेरि पुरानै शक्तिहरूका आआफ्ना नेता, नीति, कार्यक्रम, विचार, सिद्धान्त, संगठन र व्यापारीहरूसँगको लेनदेन, उठबस, ठेक्कापट्टा, कमिसन र अन्य लेन्जोफेन्जोहरू बाँकी नै रहेकाले तत्तत् पार्टीहरू नेपाली समाजमा जरा गाडेर बसेका छन् । यो अवस्थामा एक्कासी चटक्क पुराना पार्टीहरू छाडेर मतदाता नयाँ र कहिले नामै नसुनेका पार्टीको पछाडि लाग्न त्यसै तम्सदैनन् । यो जगजाहेर छ कि अझै चुनावमा मासुभात, रक्सी, पैसा र धाकधम्कीको खेलो हुने गरेको छ ।

यो फोहोरी राजनीतिलाई सफा पार्नका लागि पनि विवेकशील साझा अघि आउन ढिला भइसक्यो । यसका लागि रवीन्द्र मिश्रलगायत उनका सहकर्मीले समाजका हरेक क्षेत्रमा फरकखालका सोच राखेर सकारात्मक हस्तक्षेप गर्न सके भने नेपाली राजनीतिको बागडोर अबका केही चुनावपछि विवेकशील साझाको हातमा नजाला भन्न सकिन्न ।

यो अवस्थाबाट पार पाउनका लागि नेपाली राजनीतिमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रत्याह्वान र मतपत्रमा राइट टु रिजेक्टजस्ता सुविधाहरू मतदाताहरूलाई दिनुपर्छ । यस्तो लोकतान्त्रिक सुविधा दिन सकियो भने मात्र नेपाली मतदाताहरू बलिया हुनेछन् । नेताले गल्ती गर्दा उसलाई फेरि आफ्ना मतदाताले फर्काउन सक्ने तागत मतदातामा हुनु भनेको चानचुने परिवर्तन होइन । यो व्यवस्था संविधानतः नेपाली समाजमा हुन सक्यो भने नेपाली राजनीतिको धमिलो पानी त्यही विन्दुबाट सङ्लिने क्रम जारी हुन्छ ।

यो अवस्थालाई राजनीतिमा स्थापित गर्नका लागि पुराना पार्टी र पुराना पार्टीका नेता/कार्यकर्ताहरूबाट सम्भवै छैन । नयाँका विचारका लागि नयाँ मानिस र नयाँ पार्टी नै चाहिन्छ त्यसैले अधिकांश युवा र नयाँ सोच भएका मानिसहरूले विवेकशील साझालाई आशावादी नजरले हेरेका छन् । भारतको आम आदमी पार्टीले दिल्ली विधान सभाको चुनावमा सत्तारुढ दल बिजेपीलाई धूलो चटाएर काङ्ग्रेस र बिजेपीको पत्तासाफ पारी दिल्लीमा जमेको आम आदमी पार्टीको लहरले झैँ नेपालमा विवेकशील साझाले त्यसै गर्नु आवश्यक भइसकेको छ ।

यो फोहोरी राजनीतिलाई सफा पार्नका लागि पनि विवेकशील साझा अघि आउन ढिला भइसक्यो । यसका लागि रवीन्द्र मिश्रलगायत उनका सहकर्मीले समाजका हरेक क्षेत्रमा फरकखालका सोच राखेर सकारात्मक हस्तक्षेप गर्न सके भने नेपाली राजनीतिको बागडोर अबका केही चुनावपछि विवेकशील साझाको हातमा नजाला भन्न सकिन्न ।

अहिलेको राजनीतिक गजमौरोले पनि विवेकशील साझालाई मलिलो वातावरण उपलब्ध गराएको छ ।