Rumpum Advertisement

प्रधानमन्त्री कप : रोमाञ्चक फाइनल खेल, स्टेडियम भरिभराउ दर्शक

प्रधानमन्त्री कप : रोमाञ्चक फाइनल खेल, स्टेडियम भरिभराउ दर्शक

दाङ । दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल खेलमा दर्शकको सङ्ख्या उल्लेख्य देखिएको छ । आइतबार जारी उपाधि भिडन्तमा प्रदेश नं १ र विभागीय टोली एपिएफले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली क्रिकेटको प्रोत्साहनका लागि उपस्थित दर्शकको सङ्ख्या उल्लेख्य भीड देख्न सकिन्छ । दाङको लमहीस्थित स्टेडियममा भरिभराउ दर्शकको उपस्थितिमा फाइनल खेल रोमाञ्चक देखिएको छ । कोरोना महामारीबीच जारी प्रतियोगितामा खेलाडीलाई प्रोत्साहन गर्दै दर्शकले खेललाई अझ रोमाञ्चक बनाएका छन् ।

उपाधिका लागि अहिले एपिएफले जवाफी ब्याटिङ गरिरहेको छ । प्रदेश नम्बर १ ले एपीएफलाई एक सय छ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ओभर खेल्दै प्रदेश १ ले चार विकेट गुमाएर एक सय छ रन बनायो ।

विभागीय टिम एपिएफले सुदूरपश्चिम र प्रदेश नम्बर एकले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालित प्रतियोगितामा ७ प्रदेशसहित १ विभागीय टिम सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: