Rumpum Advertisement

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति

विराटनगर/भारत सरकारले कोरोनाविरुद्धका दुई खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ ।

इन्डिया ड्रग रेगुलेटरले आइतबारका दिन एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको कोभिडशील्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको हो । ड्रग्स कन्ट्रोलर जनरल भिजी सोमानीले दुबै खोप आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको जनाएका हुन् ।

सोमानीका अनुसार भारतको औषधि नियामकले कोभिडशील्ड ७० दशमलब ४२ प्रतिशत प्रभावकारी रहेको तथा कोभाक्सिन सुरक्षित र यसले एक मजबुत प्रतिरक्षा प्रतिक्रिया प्रदान गर्न सक्ने देखिएको छ । एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको कोभिडशील्डलाई सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा स्थानीय रूपमा बनाइएको हो ।

कोभ्याक्सिनलाई भने भारत आफैँले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर बनाएको हो । मानिसहरूलाई कोभिडशील्ड र कोभ्याक्सिन दुवैको दुई डोज दिइनेछ । दोस्रो डोज पहिलो लिइएको चार हप्तापछि दिइने छ । यी दुवै खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ ।