Rumpum Advertisement

केही रोगका लागि रगत परीक्षण गर्नुअघि फास्टिङ महत्वपूर्ण

केही रोगका लागि रगत परीक्षण गर्नुअघि फास्टिङ महत्वपूर्ण

विराटनगर/रगत परीक्षण व्यक्तिको स्वास्थ्यलाई ट्याक गर्नका लागि एक सजिलो तरिका हो, जसको आधारमा विभिन्न रोकथाम उपायको सुझाव दिइन्छ ।

एक व्यक्तिको शरीरबाट लिएको रगतको नमूनाको संरचनाको विस्तृत विश्लेषण हो । जसले अङ्गको अवस्था मूल्याङ्कन गर्न र उपचारले कति राम्रोसँग काम गरिरहेको छ भनेर निर्धारण गर्न मद्दत गर्छ । रक्त परीक्षण अधिकतर मृगौला, कलेजो, थाइरोइड र मुटुसम्बन्धी समस्याको लागि आवश्यक हुन्छ ।

केही रोग पत्ता लगाउनका लागि गरिने रगत परीक्षणभन्दा पहिले फास्टिङ (केही नखाई बस्ने वा व्रत) गर्नु पर्छ । परीक्षण लिनुअघि फास्टिङ गर्दा खाना खाने र केही पनि पिउनबाट जोगिनु पर्छ । सही परिणामका लागि केही रगत परीक्षण गर्नुअघि यो आवश्यक हुन्छ । खाना र तरल पदार्थ पेटमा साना अणुमा विभाजित हुन्छन् जुन पछि रगतले अवशोषित गर्छन् ।

खाना तथा पानीको सेवनले रगतमा चिनी, आइरन, कोलेस्ट्रोल जस्ता केही तत्वको स्तर परिवर्तन गर्न सक्छ । सबै प्रकारको रक्त परीक्षणका लागि फास्टिङ गर्नु पर्दैन । केही परीक्षण दिनको कुनै पनि समयमा गर्न सकिन्छ । ग्लुकोज परीक्षण (ब्लड सुगर टेस्ट), कोलेस्ट्रोल तथा आइरन परीक्षणका लागि फास्टिङ गर्नु आवश्यक हुन्छ ।

साथै, ट्राइग्लिसराइडको स्तर, लिपो प्रोटिनको स्तर परीक्षण (एचडिएल र एलडिएल), मेटाबोलिक प्यानल, रेनल फङसन प्यानल र लिपो प्रोटिन प्यानल लगायतक केही अन्य परीक्षणका लागि केही नखाई रगत परीक्षण गराउन सल्लाह दिइन्छ । फास्टिङको समय रगत परीक्षणको प्रकारमा निर्भर गर्छ । धेरैजसो परीक्षणका लागि ८ घण्टाका लागि केही पनि नखान सुझाब दिइन्छ ।

विरलै केसमा १२ घण्टासम्म पनि नखाई बस्नु पर्ने हुन्छ । खाना खानुका साथै, रक्सी, चुरोट, क्याफिनको सेवन तथा अत्यधिक व्यायाम पनि गर्नु हुँदैन । रक्सीले रगतमा चिनी र फ्याटको स्तरलाई स्पाइक गर्न सक्छ । धुम्रपानले रगत परीक्षणको नतिजालाई पनि बदल्न सक्छ । क्याफिनले पाचन स्वास्थ्यलाई हानि पु¥याउन सक्छ । र, कुनै पनि परीक्षणभन्दा पहिले व्यायाम गरेमा यसले पाचन प्रक्रियाको गति बढाउन सक्छ ।

फास्टिङ महत्वपूर्ण छ । तर, यस अवधिमा पानी पिउन सकिन्छ । कुनै प्रकारको औषधिको सेवन गरिरहेकाले यसबारे पहिल्यै डाक्टरलाई सूचित गर्न जरुरी हुन्छ ।