विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आज चेल्सी र म्यानचेस्टर सिटी आमनेसामने हुँदैछन् । नेपाली समयानुसार राति १०ः१५ बजेबाट सुरु हुने यो खेल चेल्सीको मैदानमा हुनेछ ।
स्टाम्फोर्ड ब्रिजमा हुने यस खेलमा दुवै टोली शीर्ष स्थानको लिभरपुलसँग अङ्कदूरी घटाउने दाउमा हुनेछन् ।
चेल्सी २६ अङ्कसहित छैटौं स्थानमा छ भने समान अङ्क भएको सिटी आठौं स्थानमा छ । चेल्सीले १६ वटा खेल खेलिसकेको छ भने सिटीले १४ खेल खेलेको छ ।
यस खेलमा सिटी आफ्ना मुख्य पाँच खेलाडीविना नै मैदान उत्रिनेछ । कोरोना भाइरस सङ्क्रमणका कारण ग्राबियल जिसस र केली वाल्करसहित पाँच खेलाडी चेल्सीविरुद्ध हुनेछैनन् ।