Rumpum Advertisement

पत्रकार बन्न नसकेका अलपत्रकारज्यूहरू

पत्रकार बन्न नसकेका अलपत्रकारज्यूहरू

नेपालका पत्रकारलाई यतिखेर भ्याइ–नभ्याई भएजस्तो छ, बडो हतारमा पो देखिन्छन त । अझ पत्रकारका नेता भनाउँदाको व्यस्तता त बुझिनसक्नुको छ ।

कन्टिर–बाबूले यसलाई खोजीको विषय बनाउन चाहे । उनलाई लाग्या थियो, अहिलेको जटील राजनीतिक अवस्थामा समाचारभित्रका समाचार खोजेर जनतालाई सुसूचित गर्न पत्रकारको व्यस्तता बढेको हो ।

तर कन्टिर–बाबू गलत रहेछन् । उनले अधिकतर पत्रकार त ‘किन लेख्ने ? लेखेर के हुन्छ ? लेखेर मेरो पार्टीलाई के फाइदा हुन्छ ?’ भन्ने स्टाइलका पो भेटे । तथापि लेख्न नरुचाउने तर पत्रकार भन्न रुचाउने त्यस्ता मित्रहरूको व्यस्तता किन ? भन्ने कन्टिर–बाबूलाई अलि अघिदेखि नै लागिराख्या थियो । अन्ततः कन्टिर–बाबूले यसको उत्तर खोजेरै छाडे ।

पत्रकारका नेतालाई त अहिले चुनाव पो लाग्या र’छ । उनीहरू चुनावी चटारोमा पो र’छन् । साधारणसभा भन्या छ, कुदया छ … कुदया छ ।

कन्टिर–बाबू भन्छन्, छोड देउ यार आफ्नो काम गर । यस्तै चटारो तिमेरुलाई समाचार संकलनका सन्दर्भमा भइदिएको भए नेपालको पत्रकारिताको हालत आजको जस्तो रहने थिएन ।

कि कसो पत्रकार बन्न नसकेका अलपत्रकारज्यूहरू ?