Rumpum Advertisement

अर्जेन्टिनामा रूसी खोप लिएकामध्ये एक प्रतिशतमा देखियो असर

अर्जेन्टिनामा रूसी खोप लिएकामध्ये एक प्रतिशतमा देखियो असर

विराटनगर/अर्जेन्टिनामा कोरोना भाइरसको विरूद्ध रूसले विकसित गरेको स्पुतनिक भी खोप लिनेमध्ये एक प्रतिशत नागरिकमा असर देखिएको छ ।

देशको स्वास्थ्य मन्त्रालयका अनुसार स्पुतनिक भी खोप लिएकामध्ये केवल एक प्रतिशतमा हल्का प्रतिकूल प्रतिक्रिया देखाएको हो । हालसम्म अर्जेन्टिनामा ३२ हजार १३ जनाले खोप लगाइसकेका छन् । जसमध्ये जम्मा तीन सय १७ जनाले हल्का ज्वरो र टाउको दुखाइको रिपोर्ट गरेका हुन् ।

अर्जेन्टिनाले मङ्गलबार रूसी स्पुतनिक भी खोपको अभियान सुरु गरेको थियो । अर्जेन्टिनामा स्वास्थ्यकर्मीहरूले पहिलो खोप पाएका हुन् । स्पुतनिक भी रूस र विश्वमा दर्ता गरिएको पहिलो कोभिडविरुद्धको भ्याक्सिन हो । खोपको दुबै डोज लिएका पहिलो १६ हजार सहभागीहरूको डाटाको आधारमा रूसले विकास गरेको स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्: