Rumpum Advertisement

बखरीका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

बखरीका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

विराटनगर/विराटनगर–१२ बखरीका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

स्थानीय युवाहरुले स्रोत जुटाएर दुई सय बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । शनिबार विराटनगरको बखरी आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको स्थानीय युवा भोला कामतले जानकारी दिए ।

विपन्न परिवारका बालबालिका चिसोका कारण समस्यामा परेका कारण युवाहरुको समूह मिलेर थोरै भए पनि सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि विपन्न परिवारलाई सहयोग गर्ने उनले जनाए ।

कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाअध्यक्ष हिरालाल कामतले युवाहरुको यो कार्य स्वागतयोग्य रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।