Rumpum Advertisement

ऋचाले घोषणा गरिन् ‘कौसीद’

ऋचाले घोषणा गरिन् ‘कौसीद’

विराटनगर/नायिका ऋचा शर्माले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ फिल्मको निर्माण घोषणा गरेकी छन् ।

शुक्रबार फेसबुकमा फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा फिल्म निर्माण गर्न लागेको जानकारी दिएकी हुन् । फिल्मलाई कुमार भाष्करले निर्देशन गर्ने भएका छन् । नायिका ऋचा शर्मा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता केदार भुषाल रहेका छन् भने डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सहनिर्माताको रुपमा रहेका छन् ।

फिल्म ‘कौसीद’को थिम पोस्टर हेर्दा फिल्मले बैङ्कबाट ऋण लिने मानिसको कथा वाचन गर्ने अनुमान गर्न सकिन्छ । फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिरज थपलियाको कथा रहने छ । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदीक्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ । हाल फिल्मको पोस्टर मात्रै सार्वजनिक गरिएको छ, फिल्मको छायाङ्कन सुरु हुने मिति भने घोषणा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्: