Rumpum Advertisement

‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक

Neuro
‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक

विराटनगर/थ्री सिक्स्टी वन डिग्री मिडियाले ‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको छ । सन् २०१६ देखि नेपालमा ओटिटीको संस्कार बसाउन सुरु भएको एप हो ‘सिनेमा घर’ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच यसको औपचारिक रुपमा सार्वजनिक गरिएको हो । ‘सिनेमा घर गोल्ड’ मा विभिन्न नयाँ फिचरहरु राखिएको छ । अब विश्वभर रहेका नेपालीहरुले ‘सिनेमा घर गोल्ड’ मार्फत् उच्च गुणस्तरमा नेपाली फिल्मको मज्जा लिन सक्नेछन् ।

‘सिनेमा घर गोल्ड’ मा फिचर सिनेमाका साथै सर्ट फिल्म, स्ट्यान्डअप कमेडी तथा वेब सिरिजहरु पनि उपलब्ध हुने थ्री सिक्स्टी वन डिग्री मिडियाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा सजिलै डाउनलोड गरी हेर्न सकिनेछ । क्रोमकास्ट प्रविधिको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । संसारका जुनसुकै स्थानबाट ‘सिनेमा घर गोल्ड’ को ग्राहक बन्न सकिन्छ ।’

नयाँ वर्षको अवसरमा ‘सिनेमा घर गोल्ड’ मा ‘डमरुको डण्डिबियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मङ्गलम र कागजपत्र’ एकसाथ रिलिज गरिएको छ ।