Rumpum Advertisement

नेकपा मिलाउन चीन अझै सक्रिय रहेको भारतीय पत्रिकाको दाबी

Neuro
नेकपा मिलाउन चीन अझै सक्रिय रहेको भारतीय पत्रिकाको दाबी

विराटनगर । भारतको एउटा चर्चित पत्रिकाले नेपालमा सत्तारुढ नेकपामा देखिएको विवाद अन्त्य गर्न र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन चीन अझै सक्रिय रहेको दाबी प्रस्तुत गरेको छ ।

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले त्यस्तो दाबी गरेको हो । उसका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिलाई प्रभावित पार्ने प्रयास जारी राखेका छन् । सी ले अझै तीन सदस्यीय आफ्नो टिमलाई नेकपा मिलाउनका लागि काठमाडौंमै परिचालित गरिरहेको हिन्दुस्तान टाइम्सको दाबी छ ।

सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेकोसमेत दाबी गरेको छ । उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’

नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ती अधिकारीहरुको नाम नै प्रकाशित गरेको छ । नेपालमा अहिले दाहाल र नेपाल समूह तथा ओली खेमा बनेर नेकपा विभाजित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि लामो समयदेखि विवादको भुमरीमा फसिरहेको र नेताका आआफ्ना स्वार्थका कारण धरापमा परेको नेकपा अहिले ठ्याक्कै दुई चिरामा विभाजित छ । ओलीको कदमले आफ्ना स्वार्थका लागि कुर्लिरहेका र होली खेलिरहेका नेतालाई झन् मलजल पुगेको राजनीतिज्ञहरुको बुझाइ छ ।