Rumpum Advertisement

चरमपन्थीले गर्यो ५६ जनाको हत्या

चरमपन्थीले गर्यो ५६ जनाको हत्या

विराटनगर । नाइजरमा इस्लामिक चरमपन्थीले ठूलो नरसंहार मच्चाएको छ । आक्रमण गरेर उसले एकै पटक कम्तीमा ५६ जनाको हत्या गरेको हो ।

घटनामा कम्तीमा २० जना घाइते भएका छन् । संदिग्ध चरमपन्थीले मालीको सीमा नजिक एउटा गाउँमा ठूलो नरसंहार हुने गरीको हत्या काण्ड मच्चाएको बीबीसीले जनाएको छ । स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन्। जुन इलाकामा सन् २०१७ देखि अपातकाल लागू छ।

हालैका महिनामा उक्त क्षेत्रमा छिमेकी मुलुक मालीबाट आउने संदिग्ध् जेहादीले धेरैपटक हमला गरिसकेका छन्। समाचार एजेन्सी एएफपीले भने अधिकारीलाई उधृत गर्दै दुई गाउँमा हमला भएको र मारिएका व्यक्तिको संख्या ७० सम्म हुनसक्ने अनुमान गरेको छ। एएफपीका अनुसार जारोमदारेय नामको अर्को गाउँमा पनि आक्रमण भएको छ ।

तर घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
पश्चिमी अफ्रिकी मुलुक नाइजरमा अलकायदा र इस्लामिक स्टेटसम्बद्ध चरमपन्थीले यसअघि पनि धेरैपटक हमला गरिसकेका छन्। गत वर्ष सयौं मानिस मारिएका थिए।