Rumpum Advertisement

पिएसजीको मुख्य प्रशिक्षकमा पोचेटिनो

पिएसजीको मुख्य प्रशिक्षकमा पोचेटिनो

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मुख्य प्रशिक्षकमा अर्जेन्टनी प्रशिक्षक मौरिसियो पोचेटिनोलाई नियुक्त गरेको छ । पिएसजीले शनिबार पोचेटिनोसँग दुई वर्षको सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ ।

पिएसजीले उनीसँग ३० जुन २०२२ सम्मको सम्झौता गर्दै मुख्य प्रशिक्षक थोमस टुचेलको स्थानमा ल्याएको हो । टुचेललाई गत बुधबार पिएसजीले बर्खास्त गरेको थियो ।

यता, पोचेटिनो पनि अघिल्लो सिजन इङ्ग्लिस क्लब टोटनह्यामबाट बर्खास्त भएका थिए । पोचेटिनोलाई हटाउँदै टोटनह्यामले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

पोचेटिनो पिएसजीका पूर्वखेलाडीसमेत हुन् । उनले सन् २००१ देखि २००३ सम्म पिएसजीबाट खेलेका थिए ।

पिएसजीको प्रशिक्षकमा नियुक्त भएपछि पोचेटिनोले नयाँ आकङ्क्षाका साथ क्लब फर्किएको बताएका छन् । ‘यो क्लबका लागि मुख्य भूमिका निर्वाह गर्न पाउँदा खुसी र गर्व लागेको छ । यो मेरो हृदयमा रहेको विशेष ठाउँ हो । म यहाँ विश्वकै सबैभन्दा धेरै प्रतिभा भएका खेलाडीसँग रहनेछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्: