Rumpum Advertisement

विश्वका छ करोडभन्दा बढी सङ्क्रमितको उपचार सम्भव

विश्वका छ करोडभन्दा बढी सङ्क्रमितको उपचार सम्भव

विराटनगर । कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्वमा झन्डै साढे आठ करोड जनसङ्ख्यालाई सङ्क्रमण भइसकेको छ ।

सङ्क्रमितमध्ये छ करोडभन्दा बढीको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरुले कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएपछि सामान्य जीवनयापन सुरु गरेका छन् । सङ्क्रमितमध्ये दुई करोड ३० लाखभन्दा बढीको उपचार जारी छ । झन्डै साढे १८ लाखको निधन भइसकेको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाख ११ हजार ४० जना नयाँ कोरोना सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमितको सङ्ख्या आठ करोड ४९ लाख २८ हजार छ सय ५४ पुगेको छ । सङ्क्रमितमध्ये उपचार सम्भव भएका छ करोड ३५ हजार सात सय २८ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

कोरोना पुष्टि भएकामध्ये दुई करोड ३० लाख ५० हजार दुई सय ३८ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार पाँच सय ४७ जनाको अवस्था चिन्ताजनक छ । हालसम्म सङ्क्रमण देखिएकामध्ये १८ लाख ४२ हजार छ सय ८८ जनाको मृत्यु भइसकेको छ । विश्वमा एकै दिन सात हजार आठ सय ९० जनाले ज्यान गुमाए ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार छ सय ८० जना नयाँ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या करोड आठ लाख ६७ हजार सात सय १४ पुगेको छ । एक करोड २३ लाख १५ हजार दुई सय १९ जना उपचारपछि घर फर्किएका छन् । ८१ लाख ९४ हजार १० जनाको उपचार जारी छ ।

उपचार जारी रहेकामध्ये २९ हजार तीन सय आठ जनाको अवस्था गम्भीर छ । कोरोना पुष्टि भएका तीन लाख ५८ हजार चार सय ८५ अमेरिकी नागरिकको निधन भइसकेको छ । एकै दिन एक हजार नौ सय १० जनाको ज्यान गयो ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २१ हजार दुई सय २२ जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमित सङ्ख्या एक करोड तीन लाख २४ हजार छ सय ३१ पुगेको छ । ९९ लाख २६ हजार पाँच सय १७ जनाको उपचार सम्भव भएको छ । दुई लाख ४८ हजार छ सय ३३ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

सङ्क्रमितमध्ये एक लाख ४९ हजार चार सय ७१ भारतीयको निधन भइसकेको छ । एकै दिन दुई सय ६६ जनाले ज्यान गुमाए । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा २४ घण्टाभित्र १५ हजार आठ सय २७ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ७७ लाख १६ हजार चार सय पाँच पुगेको छ । ६७ लाख ६९ हजार चार सय २० जनाको उपचार सम्भव भएको छ । सात लाख ५१ हजार दुई सय ४३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा सङ्क्रमण पुष्टि भएकामध्ये एक लाख ९५ हजार सात सय ४२ जनाको मृत्यु भइसकेको छ । एकै दिन तीन सय एक जनाले ज्यान गुमाए । ब्राजिल कोरोना प्रभावितमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।