Rumpum Advertisement

बायर्नलाई उछिन्दै लेइपिज शीर्ष स्थानमा

बायर्नलाई उछिन्दै लेइपिज शीर्ष स्थानमा

विराटनगर । आरबी लेइपिज जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमाट भिएफबी स्टटगार्टमाथि १–० गोलको साँघुरो जित निकाल्दै लेइपिज शीर्ष स्थानमा उक्लिएको हो ।

स्टटगार्टको मैदानमा लेइपिजलाई जिताउन डेनी ओल्मोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६७औं मिनेटमा ओल्मोले गोल गर्दै लेइपिजलाई जिताए ।

जितसँगै लेइपिजले १४ खेलमा ३१ अङ्क जोड्दै शीर्ष स्थान बनायो । दोस्रो स्थानको बार्यन म्युनिखसँग ३० अङ्क छ । उसले लेइपिजभन्दा एक खेल कम खेलेको छ ।

पराजित स्टटगार्ट भने १८ अङ्कका साथ एघारौं स्थानमा छ ।