Rumpum Advertisement

आर्सनलको शानदार जित

आर्सनलको शानदार जित

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रोममाथि ४–० गोलको जित निकालेको हो ।

वेस्ट ब्रोमको मैदानमा आर्सनललाई जिताउन एलेक्जान्द्रे लाकाजेटले दुई गोल गर्दा किइरन टिर्नी र बुकायो साकाले एक–एक गोल गरे ।

Alex Lacazette smiles at the camera as he rubs his neck

खेलको २३औं मिनेटमा टिर्नीले गोल गर्दै आर्सनलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै साकाले गोल गरेपछि आर्सनलले पहिलो हाफभरि २–० गोलको अग्रता बनायो ।

खेलको ६०औं मिनेटमा र ६४औं मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई ४–० गोलको शानदार जित दिलाए ।

Bukayo Saka pictured in action against West Bromwich Albion

जितसँगै आर्सनल एघारौं स्थानमा उक्लिएको छ । उसले १७ खेलबाट १६ अङ्क जोडेको छ । ब्रोम भने ८ अङ्कका साथ १९औं स्थानमा छ ।