Rumpum Advertisement

रियल मड्रिड शीर्ष स्थानमा

रियल मड्रिड शीर्ष स्थानमा

विराटनगर । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति सेल्टा भिगोमाथि २–० गोलको जित निकाल्दै रियलले शीर्ष स्थान कब्जा गरेको हो ।

रियलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुकास भास्कवेज र मार्को एसेन्सियोले समान एक–एक गोल गरे ।

Image

खेलको छैटौं मिनेटमा भास्केजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । उनले एसेन्सियोको पासमा गोल गरेका थिए ।

५३औं मिनेटमा एसेन्सियोले गोल गरे । भास्क्वेजको पासमा गोल गर्दै उनले रियलको सहज जित सुनिश्चित गरे ।

Image

जितसँगै १७ खेलमा ३६ अङ्क जोड्दै रियल शीर्ष स्थानमा उक्लिएकाे छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ३५ अङ्क छ । एथ्लेटिकोले रियलभन्दा तीन खेल कम खेलेको छ ।

पराजित सेल्टा भने २३ अङ्कसहित आठौं स्थानमा छ ।

Image