Rumpum Advertisement

विराटनगरमा १० सङ्क्रमित थपिए, प्रदेशमा ३१

विराटनगरमा १० सङ्क्रमित थपिए, प्रदेशमा ३१

विराटनगर / प्रदेश १ मा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना थपिएका हुन् ।

मन्त्रालयका अनुसार विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २ जना सङ्क्रमित थपिएका छन् ।

सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१ जना थपिएका छन् । झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ८४३ पुगेको छ ।

थप पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ५२५ पुगेको छ ।