Rumpum Advertisement

दुई लाख ६१ हजार नाघे कोरोना सङ्क्रमित

Neuro
दुई लाख ६१ हजार नाघे कोरोना सङ्क्रमित

विराटनगर । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।

शनिबार थप ४ सय १९ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५० जना सङ्क्रमण मुक्त भएका छन् । सोही अवधीमा ६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ । सङ्क्रमणका कारण एक हजार ८ सय ७० जनाको मृत्यु भएको छ ।

देशभर ५ हजार ७ सय ११ सक्रिय सङ्क्रमित छन् ।