Rumpum Advertisement

फागुन ८ गते धरानमा ‘ टेन के रन’ गरिने

फागुन ८ गते धरानमा ‘ टेन के रन’ गरिने

धरान । नवौं नेवा च्यारिटी धरान ‘१० के रन’ फागुनमा आयोजना गरिने भएको छ । धरान रनका आयोजक संस्थाहरुले शिक्षाको लागि च्यारिटी दौड नारा दिएर फागुन ८ गते प्रतियोगिता आयोजना गर्ने भएका हुन् ।

प्रतियोगितामा बढीमा एक सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने समुहका अध्यक्ष रमु राई बताए ।

यसपटक पुरुषतर्फ १० किलोमिटर रुटमा ४० मिनेट रेकर्ड अवधि भएकाले मात्र सहभागी हुन पाउनेछन् भने महिलातर्फ ५० किलोमिटर रेकर्ड अवधि भएकाले मात्र सहभागी हुन पाउनेछ्न् । यसको लागि सहभागीहरुले आफ्नो रेकर्ड देखाउनुपर्नेछ ।

उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकधाविकाहरु समावेश हुनुका साथै च्यारिटी कार्यक्रम पनि भएको कारण दर्ता शुल्क १ हजार लाग्ने छ ।

प्रतियोगतामा विगतमा जस्तो विभिन्न उमेर समुह नहुने भएकोले यसपटक खुला क्याटगोरी मात्र हुनेछ । महिला र पुरुषतर्फ पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् ।

चौथो र पाँचौं स्थान हुनेलाई पनि सान्त्वना पुरस्कार, आकर्षक मेडल र प्रमाणपत्र दिइने सहसचिव राजेन्द्र हुक्पा चोङवाङ लिम्बुले जानकारी दिए ।