Rumpum Advertisement

राजनीतिक कू रोक्न संसद् विघटन : गृहमन्त्री थापा

राजनीतिक कू रोक्न संसद् विघटन : गृहमन्त्री थापा

काठमाडौँ । राजनीतिक कू रोक्नका लागि सरकारले संसद विघटन गरेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नकपा) ओली समूहका नेता गृहमन्त्री थापाले संसद् भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न सरकारले संंसद विघटन गरेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद् भित्र राजनीतिक कू गर्न लागिएपछि त्यसलाई रोक्न संसद् नै विघटन गर्नुपरेको बताए ।

सरकारले संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको पनि बताए । ‘नेकपाको दुई तिहाईको मत छ । यो स्थिरताको संयन्त्रको रुपमा थियो । अब यो संसद्स्था यित्वको संयन्त्र होइन की यो त अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो,’ उनले भने ‘यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकारलाई प्रयोग गर्नुभयो । यो ठूलो राजनीतिक कदम हो ।’