birat ribon

नेकपा प्रचण्ड–माधव समूहको दोस्रो चरणको आन्दोलन घोषणा

Neuro
नेकपा प्रचण्ड–माधव समूहको दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
शनिबार प्रचण्ड–माधव समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नेकपा प्रचण्ड–माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर जाने छलफल गरेको थियो । तर संयुक्त आन्दोलनमा अन्य दलले रुची नदेखाएपछि प्रचण्ड– माधव समूहले छुट्टै कार्यक्रम घोषण गरेको हो ।

cura insider

यस्ताे छ कार्यक्रम

प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलन गरिनेछ । घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् ,२० पुससम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेकाे छ ।

२५ पुससम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन, २१ पुस संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया, २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेकाे छ ।

२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने , २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।२७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।, ८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने कार्यक्रम तय गरेकाे छ ।

२९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।

३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।

५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।

१० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।

१६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।

२२ माघमा वडा तहमा मसाल जुलुस ।

२३ माघमा राजधानीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाे छ ।

jackson ribon