Rumpum Advertisement

पहिलो खेलमा सन्दीपले लिए दुई विकेट

पहिलो खेलमा सन्दीपले लिए दुई विकेट

विराटनगर / नेपाली लेगस्पिनर सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि पहिलो खेलमा दुई विकेट लिएका छन् । शनिबार भएको खेलमा सन्दीपले दुई विकेट लिएका हुन् ।

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्टले बिग बास लिगमा मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ ।

पहिले ब्याटिङ गरेको होबार्टले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो । जवाफमा मेलबर्नले ९ विकेट गुमाएर १ सय ४३ रनमा सिमित रह्यो ।

सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट लिए । उनले ३८ रन खर्चे । उनले हिल्टन कार्टराइट र बेन डन्कको विकेट लिएका थिए ।