Rumpum Advertisement

कोरोनाले महिनावारीमा समस्या निम्त्याउन सक्छ

कोरोनाले महिनावारीमा समस्या निम्त्याउन सक्छ

विराटनगर । कोरोना भाइरस पुरुषको तुलनामा महिलामा कम खतरनाक मानिन्छ । तर, हार्मोनल र एन्डोक्राइनल परिवर्तनले गर्दा महिनावारी र प्रजननलाई असर गर्ने अनुसन्धानले देखाएको छ ।

नियमित महिनावारी हुने समयमा प्रत्यक्ष परिवर्तन मात्र चिन्ताको कारण होइन । अनियमित महिनावारी र महिनावारीमा देखिने विभिन्न समस्याले कोभिडको लक्षणको गम्भीरता बढाउन, दिर्घ कोभिडको समस्या निम्त्याउन तथा महिला प्रजनन प्रणालीमा दीर्घकालिन प्रतिक्रिया गर्न सक्ने देखिएको छ । साथै, कोभिडबाट सामान्य सङ्क्रमणबाट सजिलै निको भएका महिलामा समेत अनियमित महिनावारीबाट पीडित पाइएको छ ।

मेडिकल न्यूज टुडेमा प्रकाशित अध्ययन अनुसार कोभिड निको भएपछि पनि महिनावारीको समस्या देखिएको धेरै महिलामा स्वास्थ्य समस्या, जीवनको गुणस्तरमा कमि तथा तनावको रिपोर्ट गरिरहेका छन् ।

अनियमित महिनावारी, पहिलेको तुलनामा ढिलो महिनावारी हुनु, अत्याधिक पिडा तथा हार्मोनल परिवर्तन, कोभिड सम्बन्धित महिनावारीको समस्यासँग सामान्यतया सम्बन्धित जटिलता हुन् ।

केही महिलाले भाइरल सङ्क्रमणको कारण महिनावारी छुटेको वा महिनावारीको बेला अधिक रक्तस्राव भएको गुनासो पनि गरिरहेका छन् ।
। कोरोनाले हार्मोनल कार्यप्रणालीलाई असर गरि प्रजनन अनियमितता निम्त्याउँन सक्छ ।

रगत जम्ने समस्या (ब्लड क्लट) कोभिडको साथ देखा पर्ने सबैभन्दा अनौठो प्रभाव हो, जसले युवा उमेरमा असर गर्न सक्छ र जीवनभर जटिलता निम्त्याउन सक्छ ।

धेरै महिलाले आफ्नो महिनावरीको समयमा ब्लड क्लटको समस्या रिपोर्ट गरेका छन् । महिनावारीको समयमा हुने ब्लड क्लट चिन्ताको विषय नभएपनि कोभिडका कारण भएको ब्लड क्लट र कोगुलेसन एनीमिया तथा रगतको समस्या निम्त्याउन सक्छ ।