Rumpum Advertisement

भाले–जुधाइको बाछिटा

Neuro
भाले–जुधाइको बाछिटा

काठमाडौँमा कुबेलामा देखापरेको राजनीतिक झरीको बाछिटा प्रदेशतिर तपतपिन थालेको कन्टिर–बाबूलाई अनुभव भएको छ । कुबेलाको यो बाछिटा सुरुमा प्रदेश तीनमा देखाप¥यो । त्यसपछि एक, दुई हुँदै अरू प्रदेशतिर सर्ने क्रममा अघि बढेपछि कन्टिर–बाबूलाई त्यस्तो अनुभव हुनु अस्वभाविक होइन ।

राजनीति भनेकै शक्ति हो अर्थाेक होइन भन्ने मान्यता स्थापित गर्न गराउन खोजिएपछि त्यसको प्रभाव कहाँ–कहाँ पर्छ–पर्छ नि !

उता सङ्घीय राजधानीमा ‘ओप्रमाझ’बीच भाले–जुधाइ चलेको–चल्यै छ, यता प्रदेश–प्रदेशमा बाछिटा परेको–प¥यै छ ।

प्रदेश १ को उदाहरण हेरौँ, जहाँ भीमाचार्य र धनशेरबीच विराट भिडन्त चलिरहेको छ । एक–अर्कालाई छिर्के लाउने, लडाउने अखन्ड प्रयत्न जारी छ ।

कन्टिर–बाबूलाई राम्ररी थाहा छ भीमाचार्य–धनशेर भीडन्त यी दुई वृद्ध र कुमारबीचको भीडन्तमात्र होइन । यिनलाई पनि ‘ओप्रमाझ’ले नै नचाएका हुन् । एउटाले अविश्वासको कुरा गर्दा अर्काेले कोभन्दा को कम भन्दै, साटो फेर्ने हिसाबले १३ भाइ र तीन बहिनी गरी १६ जनालाई निलम्बन गरेको सूचना जारी गरे ।

कन्टिर–बाबू यो सोचेर परेसान छन् कि आखिर यो भाले–जुधाइ खेल कहाँ गएर टुङ्गिने हो ? सङ्घीयताको भविष्य के हुने हो ?

ओ, भीमाचार्य र धनशेरजी ! तपाईहरूका आफ्ना पनि कुनै मत छन् कि जसो–जसो बाहुन बाजे, उसै–उसे स्वाहा गर्ने हो ? अरूले जे भन्यो त्यसैमा हुले–हुले गर्दै कतिबेर टिक्ने ? तपाईहरूको आफ्नोपन केही छैन भने केको सङ्घीयता ? किन चाहियो प्रदेश सरकार ?

जनतालाई जवाफ त दिने होला नि ! कि कसो ?