Rumpum Advertisement

कस्तो पानीले टाउको नुहाउँदा कपाल झर्दैन ?

कस्तो पानीले टाउको नुहाउँदा कपाल झर्दैन ?

विराटनगर / कपाल झर्नु सामान्य समस्या हो । तर जाडोमा अधिक मात्रामा कपाल झरिरहेको हुन्छ ।

जाडोमा अधिकांश मानिस तातो पानीले नुहाउने गर्छन् । अत्यधिक तातो पानीले कपाल र टाउकोलाई असर गर्न सक्छ । तातो पानीले कपाललाई सुक्खा, र कमजोर गराउँछन् जसको परिणामस्वरूप कपाल झर्छ ।

तातो पानीले कपाललाई कसरी असर गर्दछ ?

सकारात्मक असर

-तातो पानीले टाउकोको पोर्सलाई खोल्न र फोहोरबाट मुक्त हुन मद्दत गर्छ ।
-तातो पानीले टाउकोको रक्त प्रवाहलाई उत्तेजित गर्न मद्दत गर्छ ।
-तातो पानीले टाउकोको स्क्याल्प क्युटिकल्स खोल्न पनि मद्दत गर्छ ।

नकारात्मक असर

-तातो पानीले छालाको प्राकृतिक तेलहरू सोसेर कपाललाई पातलो र सुक्खा देखाउँछ ।
-टाउको सुक्खा भएपछि यसले चायाँ निम्त्याउन सक्छ साथै टाउकोमा जलन र चिलाउने समेत हुनसक्छ ।
-तातो पानीले जरालाई कमजोर बनाउँछ, जसकारण अत्यधिक कपाल झर्ने हुन्छ ।
-तातो पानीले कपालको बनावटलाई बिगार्छ जुसको परिणामस्वरुप कपाल टुक्रिने र रुखो हुनेगर्छ ।

चिसो पानीले कपाललाई कसरी असर गर्दछ ?

सकारात्मक असर
चिसो पानीले स्क्याल्पको प्राकृतिक तेलहरूको रक्षा गर्न मद्दत गर्छ जसले कपाललाई स्वस्थ र व्यवस्थित बनाउँछ ।

-चिसो पानीले ओसलाई राखेर कपाललाई चिल्लो र चम्किलो बनाउने गर्छ ।
-यसले पोर्स बन्द गर्छ । जसकारण कपाललाई स्वस्थ र चमकदार देखाउँनुका साथै लामो समयसम्म कपाललाई चिपचिप देखाउँदैन ।
-चिसो पानीले कपाल टुट्ने समस्या नियन्त्रण गर्न मद्दत गर्छ ।
-यसले रक्त परिसङ्चरण सुधार गरि कपालको बृद्धि गर्छ ।
=-चिसो पानीले कपाललाई चाहिने महत्त्वपूर्ण पोषक र तेललाई सन्तुलित राख्न मद्दत गर्छ ।

नकारात्मक असर

-चिसो पानीले कपालमा भएको ओसलाई लक गर्ने हुँदा कपालको मात्रा कम भएको वा कपालको तौल कम भएको महसुस हुन सक्छ । यो जाडोमा असहज हुन सक्छ ।

-सामान्य रूपमा मौसमी कपाल झर्नु प्राकृतिक प्रक्रिया हो जसलाई रोक्न सकिदैन । र, तातो पानीले नुहाउने र चिसो पानीमा नुहाउने दुबैको आफ्नै फाइदा र वेफाइदा हुन्छन् ।

-राम्रो, चिल्लो कपालको लागि श्याम्पु गर्ने बेलामा चिसो पानी वा मनतातो पानीको प्रयोग गर्न सल्लाह दिइन्छ ।