Rumpum Advertisement

राजमार्गमा कारको ठक्करबाट पाटेबाघकाे मृत्यु

राजमार्गमा कारको ठक्करबाट पाटेबाघकाे मृत्यु

काठमाडौँ / कारको ठक्करबाट बारामा पाटेबाघको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जङ्गल क्षेत्रमा कारको ठक्करबाट संरक्षित वन्यजन्तु पाटेबाघ मारिएको हो ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो पार गर्दै गरेको बाघलाई शनिबार बिहान ठक्कर दिएको थियो । तीव्र गतिमा रहेकाे कारले ठक्करबाट बाघकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।