Rumpum Advertisement

वडा अध्यक्षको निधन

वडा अध्यक्षको निधन

विराटनगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष ६५ वर्षीय दिनेशकुमार तिलिजाको शुक्रबार साँझ निधन भएको छ।

उनी लामो समयदेखि प्यारालाइसीस (पक्षघात) बाट थालिएका थिए । उनको निधन पोखरा महानगरपालिका–११ फुलबारीस्थित निवासमा भएको वडाका कार्यवाहक अध्यक्ष राजेश तिलिजा पुनले बताए। शवको अन्त्येष्टि शनिबार पोखरामै गरिने भएको छ। गत साउनमा एक्कासी बिरामी भएपछि उनलाई उपचारका लागि हेलिकप्टरबाट पोखरा लगिएको थियो। त्यसपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै थियो ।

अध्यक्ष तिलिजाको शरीरको देब्रे भाग चल्न छाडेको थियो। तिलिजाका श्रीमति, दुई छोरी र दुई छोरा छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर उनी विजयी भएका थिए । उनी किन्दु आधारभूत विद्यालयको पूर्व प्रअसमेत हुन् । तिलिजाले शिख माविमा समेत अध्यापन गराएका थिए।

वडा अध्यक्ष तिलिजाको निधनप्रति गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले दुख व्यक्त गरेका छन्। उनले सिंगो वडाले अभिभावक गुमाएको उल्लेख गरे ।