Rumpum Advertisement

बेलायतको प्रधानमन्त्रीका बाबुले मागे फ्रान्सको नागरिकता

बेलायतको प्रधानमन्त्रीका बाबुले मागे फ्रान्सको नागरिकता

विराटनगर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन छन् । उनी स्टैन जोनसनका छोरा हुन् ।

छोरो बेलायतको प्रधानमन्त्री बहाल रहेका बेला बाबु स्टैन जोनसनले भने फ्रान्सको नागरिकता मागेको विषय अहिले चर्चाको शिखरमा छ । छोरा बेलायतको प्रधानमन्त्री रहेका बेला बाबुले अर्को देशको नागरिकता माग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्टैनले फ्रान्सको नागरिकता प्राप्तिका लागि निवेदन दिएका छन् ।

आफ्नो पहिचानका लागि भन्दै उनले नागरिकताको माग राखेर निवेदन दिएका हुन् । ब्रेजिक्ट सम्झौतालगत्तै उनले फ्रान्सको नागरिकता पाउन पहल गरेका हुन्। उनको कदमलाई बेलायतको संसदले बुधबार मात्र गरेको युरोपेली संघ ब्रेजिक्ट व्यापार सम्झौताको विरोधका रूपमा हेरिएको छ। तर प्रधानमन्त्री जोनसनका पिताले आफ्नो फ्रान्सेली पहिचान पुनः प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।

उनले आफ्नी आमाको जन्म फ्रान्समा भएको तथा हजुरबुबासमेत फ्रान्सेली नागरिक भएको दाबी गरेका छन्। यसैकारण आफ्नो पहिचानका लागि फ्रान्सको नागरिकता माग्दै निवेदन दर्ता गराएको उनको भनाइ छ। ८० वर्षीय स्टैन जोनस युरोपेली संसदको सदस्यसमेत भएका थिए। उनले सन् २०१६ को जनमत संग्रहमा युरोपियन युनियनसँगै रहने बेलायतको निर्णयमा समर्थन जनाएका थिए।

तर बेलायतले बिहीबार युरोपियन युनियनसँगको आर्थिक सम्बन्ध तोडेपछि त्यहाँका नागरिकले त्यसअन्तर्गतका २७ देशमा बस्ने र काम गर्ने अधिकार गुमाएका छन्। तर दोहोरो नागरिकता हुने नागरिकले बस्न र काम गर्न पाउँछन्।