Rumpum Advertisement

कौटिन्होको शल्यक्रिया हुँदै

Neuro
कौटिन्होको शल्यक्रिया हुँदै

विराटनगर । ब्राजिलियन स्टार फिलिप्पे कौटिन्होको शल्यक्रिया हुने भएको छ । शनिबार (आज) बार्सिलोनाका मिडफिल्डर कौटिन्होले आफ्नो देब्रे घुँडाको शल्यक्रिया गर्न लागेका हुन् ।

मङ्गगलबार भएको इबरसँगको खेलका क्रममा ब्राजिलियन स्टार कौटिन्हो घाइते भएका थिए । बुधबार विज्ञप्ति जारी गर्दै बार्सिलोनाले कौटिन्होले देब्रे घुँडामा चोट बोकेको जनाएको थियो ।

ला लिगाअन्तर्गत गए राति बार्सिलोना इबरसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलको ६६औं मिनेटमा कौटिन्हो मैदान प्रवेश गरेका थिए ।

मिरालेम पियानिकको स्थानमा मैदान प्रवेश गरेका उनले चोट बोक्न पुगेका थिए । यसै समरमा बायर्न म्युनिखबाट फर्किएका कौटिन्होले यस सिजन बार्सिलोनाका लागि १४ खेल खेलेका छन् । जसमा उनले तीन गोल र दुई असिस्ट गरेका छन् ।