Rumpum Advertisement

मेस्सी प्रशिक्षणमा फर्किए

मेस्सी प्रशिक्षणमा फर्किए

विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । चोटका कारण यसै साता भएको इबरसँगको खेल गुमाएका मेस्सी आइतबार राति हुने हुएस्काविरुद्धको खेलका लागि प्रशिक्षणमा फर्किएका हुन् ।

अर्जेन्टिनी स्टार मेस्सीले गत मङ्गलबार भएको इबरसँगको खेल खेल्न पाएका थिएनन् । आफ्नै मैदान क्याप नोउमा भएको खेलमा बार्सिलोनाले १–१ गोलको बराबरी खेलेको थियो । खुट्टाको उपचार गराएका उनलाई बार्सिलोनाले सो खेलमा आराम दिएको हो । मेस्सीले दर्शकदीर्घामा बसेर पूरा अवधिभर खेल हेरेका थिए ।

शुक्रबारबाट उनी सामूहिक प्रशिक्षणमा फर्किएका हुन् । अब उनी हुएस्कासँगको खेलमा मैदान फर्किने अपेक्षा गरिएको छ । बार्सिलोनाले आइतबार राति १ः४५ बजे हुएस्कासँग उसैको मैदानमा खेल्दैछ ।

बार्सिलोना २५ अङ्कसहित छैटौं स्थानमा छ ।